नीलम कोठारीले गोविन्दासँगको पुरानो प्रेमसम्बन्धबारे तोडिन् मौनता

2 घन्टा पहिले प्रकाशित

एजेन्सी, भाद्र २९ गते ।  अभिनेत्री नीलम कोठारीले अभिनेता गोविन्दासँग आफ्नो पुरानो प्रेमसम्बन्धबारे आएका चर्चामाथि प्रतिक्रिया दिँदै आफू त्यतिबेला निकै सानै उमेरकी रहेको बताएकी छन्। उनले गोविन्दा विवाहित रहेको कुरा आफूलाई त्यतिबेला थाहा नभएको र पछि मात्र जानकारी पाएको बताइन्। नीलम र गोविन्दाले सन् १९८० र १९९० को दशकमा १४ वटा चलचित्रमा सँगै काम गरेका थिए र उनीहरूको जोडीलाई लिएर त्यतिबेला प्रेमसम्बन्धको चर्चा हुने गरेको थियो।

हालैको एक अन्तर्वार्तामा नीलमले आफू चलचित्रमा काम गर्न र हिन्दी भाषा सिक्नमै केन्द्रित रहेको तथा उनका अभिभावक पनि निकै कडा रहेको बताइन्। उनका पति समीर सोनीले पनि दशकौँअघिका कुरा आफूले बोकेर नहिँड्ने बताए। नीलमले १५ वर्षको उमेरमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् भने सन् २००१ मा अभिनय छाडेपछि गहना डिजाइनको व्यवसाय गर्दै आएकी छन्। गोविन्दाले पनि यसै वर्षको एक अन्तर्वार्तामा नीलमप्रति आफू आकर्षित भएको स्वीकार गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?