कोशी ब्यारेजबाट हाम फालेका दुई भारतीयको उद्धार

10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १२ गते ।  सप्तरीस्थित कोशी ब्यारेजबाट सप्तकोशी नदीमा हाम फालेका दुई भारतीय नागरिकको सकुशल उद्धार गरिएको छ। बुधबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज पुलको ४३ नम्बर ढोकाको दक्षिणतर्फबाट उनीहरू नदीमा हाम फालेका थिए। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटना देखेपछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा दुवै जनाको उद्धार गरिएको हो।

उद्धार गरिएका दुवै जना भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको नदीथाना क्षेत्रस्थित बरहडा ग्राम पञ्चायतको लालमनिया टोलका बासिन्दा रहेको प्रहरीले जनाएको छ। उद्धारपछि आवश्यक प्रक्रिया तथा व्यवस्थापनका लागि उनीहरूलाई सश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?