गणपति विसर्जनमा सलमानले गलत दिशामा आरती गरेपछि दिदी अर्पिताले सच्याइन्
1 घन्टा पहिले प्रकाशित
एजेन्सी, भाद्र ३१ गते । अभिनेता सलमान खान मंगलबार भाइ सोहेल खानको घरमा आयोजित गणपति विसर्जनमा परिवारसहित सहभागी भए। विसर्जनअघि सलमानले गणेशको आरती गरेका थिए। तर आरती गर्ने क्रममा उनले गलत दिशाबाट आरती घुमाएपछि बहिनी अर्पिता खानले उनलाई सही तरिका सम्झाएकी थिइन्। मन्त्र उच्चारणका कारण सुरुमा अर्पिताको आवाज नसुनेका सलमानले पछि उनको संकेतअनुसार आरतीको तरिका सच्याएका थिए।
कार्यक्रममा सलमानकी कथित प्रेमिका युलिया वन्तुरसहित खान परिवारका सदस्य र केही कलाकार पनि सहभागी थिए। आरतीपछि सलमानले आफ्नी भान्जी आयतलाई समेत आरती गर्ने तरिका सिकाएका थिए। सोहेलको भवन परिसरमै गणपति विसर्जनका लागि विशेष व्यवस्था गरिएको थियो, जहाँ परिवारका सदस्य तथा उनीहरूका साथीहरू सहभागी भएका थिए।
कमेन्ट गर्नुहोस्
view comments