आज २१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदीको बहाव बढ्ने पूर्वानुमान

1 घन्टा पहिले प्रकाशित

काठमाडौं, भाद्र २९ गते ।  देशका २१ जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार संखुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, जाजरकोट, दैलेख, सुर्खेत, कालीकोट, हुम्ला, बझाङ र बाजुरालगायत जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्ने सम्भावना छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको तथा केही ठूला नदीमा समेत बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?