राहुल यादवको घातक बलिङ, जनकपुरसामु काठमाडौंको ११६ रनको लक्ष्य
8 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक १२ गते । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाज ११५ रनमै समेटिएको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा ९ विकेट गुमाउँदै ११५ रन बनायो। काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए भने राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे। रिपोन मण्डल ९ रनमा अविजित रहे।
जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। साइफ हसनले २ तथा मोइन अली र ललित राजवंशीले समान १ विकेट हात पारे। काठमाडौंलाई सस्तैमा समेटेपछि जनकपुरले जितका लागि ११६ रनको लक्ष्य पाएको छ। अब जनकपुरले लक्ष्य पछ्याउँदै प्रतियोगितामा जित निकाल्ने प्रयास गर्नेछ।
कमेन्ट गर्नुहोस्
view comments