नागढुंगा सुरुङमार्गमा १५ कात्तिकदेखि शुल्क, हलुका सवारीलाई प्रवेशमा ६५ रुपैयाँ
10 घन्टा पहिले प्रकाशित
काठमाडौं, कार्तिक १२ गते । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर असुल गरिने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरिएको जनाएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा २६ चैत २०८२ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा शुल्क उठाउन लागिएको हो।
निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस तथा मिनी टिपर/ट्रकका लागि प्रवेशमा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ। बस तथा ट्रकले प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ भने मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेशमा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments