धनुषामा कांग्रेसका पालिका र क्षेत्रीय अधिवेशनको मिति परिवर्तन
6 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज ६ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषामा हुने पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएको छ। जिल्ला निर्वाचन अधिकृत भुवनप्रसाद वाग्लेद्वारा जारी सूचनाअनुसार विशेष कारणले पालिका अधिवेशन असोज १० गते तथा प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १३ गते गर्ने निर्णय भएको हो।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय धनुषाले सम्बन्धित सबैलाई परिवर्तित कार्यतालिकाअनुसार अधिवेशनमा सहभागी हुन जानकारी गराएको छ। कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments