बर्दिबासमा नापी सर्वेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ
21 मिनट पहिले प्रकाशित
जनकपुरधाम, भाद्र ३१ गते ।महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साह एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा बर्दिबासस्थित एक होटलबाट साहलाई पक्राउ गरेको हो।
अख्तियारको बर्दिबास कार्यालयले साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जनाएको छ। घटनाबारे आयोगले थप प्रमाण तथा संलग्नताका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments