घरअगाडि खेलिरहेका चार वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु
17 मिनट पहिले प्रकाशित
जनकपुरधाम, भाद्र ३० गते । गोलबजार नगरपालिका–१३ मा मंगलबार बिहान घरअगाडि खेलिरहेका चार वर्षीय बालकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय रामदयाल यादवका छोरा आयान्स कुमार यादवलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते बालकलाई उपचारका लागि गोलबजारतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
दुर्घटनापछि मोटरसाइकल चालक सवारीसाधनसहित फरार छन्। प्रहरीले मोटरसाइकल र चालकको पहिचान तथा खोजीका लागि अनुसन्धान अघि बढाएको जनाएको छ। बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments