चट्याङ लागेर खेतमा काम गरिरहेका बाबुछोरीको मृत्यु

22 मिनट पहिले प्रकाशित

जनकपुरधाम, भाद्र ३१ गते । सप्तरीको बोदे बर्साइन नगरपालिका–१० अमरैयामा खेतमा धान गोडिरहेका बाबुछोरीको चट्याङ लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ५५ वर्षीय भोला साह र उनकी १८ वर्षीया छोरी मधुकुमारी साहको मंगलबार अचानक चट्याङ पर्दा घटनास्थलमै मृत्यु भएको हो।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै जनाको शव सोही दिन साँझ आफन्तको जिम्मा लगाएको जनाएको छ। घटनाबारे थप विवरण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?