गोपाल राय यादवको पुनरावेदन सर्वोच्चद्वारा अस्वीकार
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज ६ गते । फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादवविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध परेको पुनरावेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुनरावेदनमा पर्याप्त आधार नदेखिएको भन्दै ‘पुनरावेदन जिकिर नपुगेको’ आदेश दिएको हो। आदेशसँगै यादवलाई विशेष अदालतले सुनाएको तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला कायम भएको छ।
लालबकैया नदीको ढुंगा, गिट्टी तथा बालुवा ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ असार १२ गते यादवसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले स्थानीय तहलाई १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ नोक्सानी भएको दाबी गरेको थियो। विशेष अदालतले यादवलाई मात्र दोषी ठहर गर्दै अन्य २० जनालाई सफाइ दिएको थियो।
कमेन्ट गर्नुहोस्
view comments