भोटेकोसी बाढीमा १ हजार ४ सय ५१ जनाको शव फेला, ४ हजार ६ सय ५५ अझै बेपत्ता
1 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज ५ गते । रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ३, धादिङमा ७२, चितवनमा ३ सय ६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको हो। यसबाहेक बाढीमा घाइते भई काठमाडौंमा उपचाररत दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ९२ शव व्यवस्थापन गरिएको छ। मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ वटा डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ। पहिचान नखुलेका १ हजार ३ सय ६२ शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको छ भने ४ हजार ६ सय ५५ जना अझै बेपत्ता रहेको र विभिन्न होल्डिङ सेन्टरमा १ हजार ३ सय ४२ जना राखिएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments