कृष्णभीरमा फेरि सवारी चाप, पहिरोका कारण एकतर्फी आवागमन

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २ गते ।  मुग्लिन–नारायणघाट सडकखण्डअन्तर्गत कृष्णभीर क्षेत्रमा शुक्रबार बिहान सवारीसाधनको लामो जाम भएको छ। बिहीबारदेखि सञ्चालनमा आएको कृष्णभीरमा सवारीसाधनको चाप बढेको हो। सडकखण्डको १५ किलो क्षेत्रमा लेदोसहितको पहिरो खसेपछि बिहान केही समय सवारीसाधन एकतर्फी सञ्चालन गरिएको थियो। बिहान सवा ९ बजे लेदो हटाइएपछि उक्त क्षेत्रमा दुईतर्फी सवारी सञ्चालनमा आएको थियो।

तर धादिङको जवाङ खोला–कृष्णभीर र मौवा खोलाबीचको क्षेत्रमा पुनः पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। पहिरोका कारण अहिले कृष्णभीर क्षेत्रमा समेत सवारीसाधन एकतर्फी सञ्चालन भइरहेका छन्। सडकमा सवारीसाधनको चाप बढेपछि यात्रु तथा चालकले जामको सामना गर्नुपरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?