प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी रकम जम्मा

42 मिनट पहिले प्रकाशित

काठमाडौं, भाद्र ३० गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ। यस्तै, कोषका दुईवटा बैंकमा रहेको अमेरिकी डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको जनाइएको छ।

कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो। कोषमा जम्मा भएको रकम विपद्का घटनामा उद्धार, राहत तथा पुनःस्थापनाका लागि परिचालन गरिँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?