गगन थापा– ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर हो
1 घन्टा पहिले प्रकाशित
काठमाडौं, भाद्र २९ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका तीज नेपाली महिलाको सांस्कृतिक धरोहर भएको बताउनुभएको छ। तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले समृद्ध मुलुक भएकाले चाडपर्वले सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई पुस्तौँदेखि जोड्दै आएको बताउनुभयो।
सभापति थापाले चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको उल्लेख गर्नुभयो। हरितालिका तीजले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र आत्मीयता थपोस् भन्ने कामना गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा आफ्नो र पार्टीको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको छ।
कमेन्ट गर्नुहोस्
view comments