प्रधानमन्त्री र आफूमाथि नियोजित आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले
1 महीना पहिले प्रकाशित
काठमाडौं, जेठ २७ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूमाथि नियोजित रूपमा आक्रमण भइरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको अर्थ समितिमा बुधबार भएको बजेटसम्बन्धी छलफलमा उनले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहविरुद्ध सरकारले छानबिन अघि बढाएकै कारण ती समूहबाट घेराबन्दी र आक्रमणको प्रयास भइरहेको आशंका व्यक्त गरे।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको स्पष्ट पारे। आर्थिक विधेयकका पृष्ठ संख्या र केही प्रावधानमा फेरबदल गरिएको भन्ने आरोपबारे उनले ढाँचागत तथा प्राविधिक कारणले पृष्ठ संख्या फरक देखिएको बताए। १६ पाना हटाइएको दाबी अस्वीकार गर्दै उनले कर तथा भन्सारसम्बन्धी विषयमा केवल प्रष्टता ल्याउन आवश्यक परिमार्जन गरिएको जिकिर गरे।
कमेन्ट गर्नुहोस्
view comments