त्रिपुरेश्वर बस आगलागीमा चालकको मृत्यु
1 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज ६ गते । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा गम्भीर घाइते भएका चालक दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत पनौती, काभ्रेका २५ वर्षीय लामाको सोमबार साँझ ७ः१५ बजे मृत्यु भएको अस्पतालका बर्न प्लास्टिक सर्जन शंकरमान राईले जानकारी दिए। प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले पनि मृत्यु भएको पुष्टि गरेका छन्।
सोमबार दिउँसो करिब १२ः३० बजे त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। बसमा यात्रु नभएको अवस्थामा आगलागी हुँदा चालक लामा गम्भीर घाइते भएका थिए। घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments