मलेसियासँगको श्रम क्षेत्रमा सिन्डिकेट हटाउन प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह

1 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज ६ गते ।   प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्दै नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको भनिएको सिन्डिकेट तथा बिचौलिया प्रथा अन्त्य गर्न संयुक्त पहल आवश्यक रहेको बताएका हुन्।

प्रधानमन्त्री शाहको आग्रहप्रति सकारात्मक प्रतिक्रिया दिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेट र बिचौलिया प्रथाको विपक्षमा रहेको बताएका छन्। उनले आफ्ना श्रममन्त्रीलाई नेपाली समकक्षीसँग तत्काल समन्वय गरी समस्या समाधानका लागि ठोस कदम चाल्न निर्देशन दिने प्रतिबद्धता जनाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?