स्वदेशमै रोजगारी सिर्जना गर्न १२ फ्ल्यागसिप कार्यक्रम ल्याउँदै सरकार

5 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज ७ गते ।  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न चालु आर्थिक वर्षमा १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्। सीप तथा रोजगार मेला २०८३ सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले रोजगारदाता र रोजगारी खोज्नेबीचको दूरी हटाउन एकीकृत ‘जब म्याचिङ’ प्रणाली विकास गरिएको र यसैमार्फत चालु वर्षमा एक लाख युवालाई रोजगारीसँग जोड्ने लक्ष्य रहेको बताए।

मन्त्री यादवका अनुसार प्रस्तावित कार्यक्रमअन्तर्गत कृत्रिम बुद्धिमत्ता, हरित रोजगारी, कृषि, डिजिटल रोजगारी, मौसमी काम तथा घरेलु र हेरचाहसम्बन्धी रोजगारीलाई प्राथमिकता दिइनेछ। सरकारले सीप तथा रोजगार मेलामार्फत रोजगारदाता र काम खोज्ने व्यक्तिलाई एउटै मंचमा ल्याउने तथा छोटो अवधिका सीपमूलक तालिम उपलब्ध गराउने तयारी गरेको छ। मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ समेत जारी गरिसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?