बाढीपीडित शिविरमा महिला–बालबालिकाको सुरक्षाबारे सांसद झाको ध्यानाकर्षण
3 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालन गरिएका अस्थायी शिविरमा महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण रहेको जानकारी आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाढीपीडित विभिन्न स्थानका शिविरमा बसिरहेका बेला महिला तथा बालबालिकाको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
सांसद झाले गत वर्षको चुनावी अभियानका क्रममा गरिएको प्रतिबद्धताअनुसार जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति सरकारलाई धन्यवाद दिए। उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियातर्फ उक्त निर्णयलाई कदमका रूपमा उल्लेख गरे। साथै, कृष्णभीरको सडक १२ दिनमै सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको पहलको प्रशंसा गर्दै सरकारी काममा देखिएको यस्तो तदारुकता अन्य विकास आयोजनामा पनि आवश्यक रहेको बताए।
कमेन्ट गर्नुहोस्
view comments