मधेश सरकारले प्रहरीलाई ३५ वटा मोटरसाइकल हस्तान्तरण
5 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज ७ गते । मधेश प्रदेश सरकारले प्रदेशअन्तर्गतका नेपाल प्रहरीका विभिन्न युनिटलाई शान्तिसुरक्षा, विपद् व्यवस्थापन तथा नागरिकसँगको पहुँच विस्तारका लागि बुधबार ३५ थान मोटरसाइकल वितरण गरेको छ। गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोका अनुसार विपद्को उच्च जोखिममा रहेको मधेशमा अपराध नियन्त्रण तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउन मोटरसाइकल उपलब्ध गराइएको हो।
मन्त्री महतोले नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलाई मोटरसाइकलको चाबी र ब्लुबुक हस्तान्तरण गरेका थिए। डीआईजी अधिकारीले अपराध नियन्त्रणमा प्रहरी कठोरतापूर्वक प्रस्तुत भइरहेको उल्लेख गर्दै प्रदेश सरकारले उपलब्ध गराएको साधनस्रोतले प्रहरी परिचालनमा थप सहयोग पुग्ने बताए। प्रदेश सरकारले यसअघि नेपाल प्रहरीलाई १२ थान महिन्द्रा पिकअपसमेत उपलब्ध गराएको थियो।
कमेन्ट गर्नुहोस्
view comments