ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले

1 घन्टा पहिले प्रकाशित

ताप्लेजुङ, असोज ८ गते ।  मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो भीषण आगलागी हुँदा प्रारम्भिक विवरणअनुसार करिब १० वटा घर जलेर क्षति भएका छन्। बाक्लो बस्तीमा आगो फैलिएपछि आसपासका थप घरसमेत जोखिममा परेका छन्। आगो नियन्त्रणका लागि स्थानीयवासी तथा सुरक्षाकर्मी परिचालन गरिए पनि आगलागीको कारण भने खुल्न सकेको छैन।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ। आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको जनाइएको छ। दोभान बजारमा यसअघि पनि ठूलो आगलागी भएको थियो। २०७७ फागुन १८ गते भएको आगलागीमा ४९ वटा घर जलेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?