देउवा समूहले ५६ जिल्लामा तोक्यो महाधिवेशन संयोजक, मधेशमा अझै बाँकी
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज ८ गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनको तयारी अघि बढाउँदै सात प्रदेशका ५६ जिल्लामा महाधिवेशन संयोजक तोकेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको महाधिवेशन तयारी समितिले विभिन्न जिल्लामा अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी नेताहरूलाई दिएको हो। समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी पालिका, क्षेत्र, जिल्ला हुँदै प्रदेश अधिवेशन सम्पन्न गरेर आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा संयोजक तोकिए पनि मधेश प्रदेशका जिल्लामा भने हालसम्म संयोजक चयन गरिएको छैन। पछिल्ला विवरणअनुसार मोरङमा सुभाष पौडेल, उदयपुरमा वसन्त बस्नेत, कास्कीमा ऋषिराम काफ्ले, गुल्मीमा वेदबहादुर थापामगर र बाजुरामा धनराज पण्डितलाई जिम्मेवारी दिइएको छ। यसैबीच कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र फरक–फरक प्रक्रियाबाट अधिवेशन गतिविधि अघि बढिरहेका छन्; कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भने आफ्नो आधिकारिक कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments