रक्सौलमा नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठक सम्पन्न
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज ८ गते । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठक बुधबार भारतको रक्सौलस्थित एकीकृत जाँच चौकीमा सम्पन्न भएको छ। बैठकमा नेपालतर्फ पर्सा, बारा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू र भारततर्फ बिहारका पूर्वी चम्पारण र पश्चिम चम्पारणका जिल्लाधिकारी तथा सुरक्षा निकायका पदाधिकारी सहभागी थिए।
बैठकमा नेपाल–भारत सीमामा सुरक्षा व्यवस्थापन, सीमावर्ती क्षेत्रमा शान्ति तथा सुरक्षा कायम गर्ने, अन्तरदेशीय अपराध नियन्त्रण, अवैध गतिविधि तथा मानव र लागूऔषध तस्करी नियन्त्रणका विषयमा छलफल भएको छ। साथै, दुई देशका सीमावर्ती सुरक्षा निकायबीच सूचना आदान–प्रदान, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments