५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय मियाँ पक्राउ
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज २ गते । जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा करिब ६५ वर्षीय असम्जान मियाँ पक्राउ परेका छन्। प्रहरीले उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
आरोपी पक्राउ परेपछि आक्रोशित स्थानीयले राति प्रहरी चौकी घेराउ गर्दै कडा कानुनी कारबाहीको माग गरेका थिए। राति करिब ९ः२० बजेपछि प्रहरी चौकी आसपासको अवस्था तनावपूर्ण बनेको थियो। स्थानीयले आरोपीलाई आफ्नो जिम्मा लगाउनुपर्ने मागसमेत गरेका थिए। प्रहरीले भने घटनाबारे कानुनी प्रक्रियाअनुसार अनुसन्धान भइरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments