भन्सार छलेर ल्याइएका १० विद्युतीय स्कुटर पर्सा प्रहरीले नियन्त्रणमा लियो

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २ गते ।  भन्सार छलेर चोरीपैठारी गरी ल्याइएका १० वटा विद्युतीय स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार गस्तीमा खटिएको प्रहरी टोलीले ती स्कुटर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद गरिएका विद्युतीय स्कुटरको अनुमानित बजारमूल्य करिब ८० लाख रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका स्कुटर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?